काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।
बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए ।
अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ । आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् ।
डाइइथाइल्कारबामाजिन (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि रगत र पेटमा भएको परजीवी जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग