काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका– १ निवासी ६५ वर्षिया महिलाको हिजो साझ हात्तिपाईले रोगबिरुद्धको औषधी सेवनलगत्तै मृत्यु भएको बताइएको छ ।
भद्रपुर–१ का वडा सदस्य टीकाप्रसाद भण्डारीले हात्तिपाईले रोगविरुद्धको औषधी खाएको केही समयपछि एक जनाको मृत्यु भएको पुष्टि गरे । ‘औषधि खाएको केही समयपछि एक जनाको मृत्यु भएको छ । अहिले पोष्टमार्टमका लागि धरानको घोपा क्याम्प लगिएको छ,’– रिपोर्टर्स नेपालसँगको फोन संवादमा उनले भने ।
औषधी सेवनलगत्तै स्वास्थ्यमा समस्या आई अस्पताल लाने क्रममा निधन भएको परिवार स्रोतले बताएको छ । उक्त घटनालगत्तै स्वास्थ्य मन्त्राालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै