खोटाङ। सामुदायिक वनमा लागेको डढेलो गाउँ फैलिँदा वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा १३ वटा घर खरानी भएका छन् ।बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।
वराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापा मगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ। यस्तै, डढेलोले डान्सिङटारका गंगामाया मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजारलगायत जलेको छ।
यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ। डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ। खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ।
रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी(राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताए।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले जानकारी दिए।
गत साउनदेखि हालसम्म जिल्लामा १०९ वटा आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लस एन्जलसमा डढेलोसँगै चोरी र लुटपाटको आतंक, २५० अर्बको क्षति
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे
डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु