इस्लामवाद । इरानी राष्ट्रपति इब्राहिम रईसीको पाकिस्तान भ्रमणमा दुई देशबिचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ । इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे अमेरिकाले चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ ।
‘बृहत् स्तरमा विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिमा खलल उत्पन्न गराउन र त्यस्तो गतिविधि गर्नेमाथि कारबाही गर्न हामी जारी राख्नेछौँ, चाहे जहाँ सुकै होस्।’ पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउनेमा जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने ।
इरानसँग व्यापारिक सम्झौताबारे विचार गर्ने कुनै पनि देशलाई आफूहरूले प्रतिबन्धको सम्भावित जोखिमबारे सतर्क रहन सल्लाह दिने पनि उनले बताए । तर पाकिस्तान सरकारले आफ्नो विदेश नीतिसँग सम्बन्धित कुराहरू भने राख्न सक्ने उनको भनाइ छ । यतिबेला इरानी राष्ट्रपति रईसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन् । यस अवधिमा दुई देशबिच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी