धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, ११ : २३
धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

धादिङ। रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा मंगलबार बिहान ट्रकमा एक्कासि आगो लागेको हो ।केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए ।

गुड्दा गुड्दै एक्कासि आगो सल्किएको हो । आगलागीका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस