मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी

मंगलबार, ११ बैशाख २०८१, १० : ३८
मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।

 मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।

स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।

बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।