काठमाडौँ । वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको जहाज आज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएका विषयमा निरन्तर चासो लिएको भन्दै इजरायलमा रहेको जहाजलाई ल्याउन पहल गरेको मन्त्री तामाङले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए । मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार
मध्यपूर्वमा फेरि तनाव : इजरायलले गर्यो लेबनानमा तीव्र आक्रमण
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने