चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १५ : २६
चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी

चितवन। भरतपुर महानगरपालिका–१० अस्पताल रोडमा रहेको चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी चयन भएका छन् ।अस्पतालको आज सौराहामा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले रेग्मीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

नयाँ समितिमा अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको प्रबन्ध निर्देशकमा डा नवराज लामिछाने चयन भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ऋृषिराम पौडेल र मेडिकल निर्देशकमा डा मनोज कँडेल रहेका छन् । बोर्डका अन्य सदस्यहरुमा असिम श्रेष्ठ, हरि सापकोटा र डा श्वेता कुमारी गुप्ता रहेका छन् । नयाँ समिति सदस्यहरुलाई सोही कार्यक्रममा शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरु डा साजन केसी, डा अमित चौधरी, विष्णु अधिकारीलगायतको पनि उपस्थिति थियो । यस्तै सोही अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएको प्रबन्ध निर्देशक डा नवराज लामिछानेले जानकारी दिए । चितवन एभरेष्ट अस्पताल भरतपुर १० स्थित अस्पताल रोडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस