बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन् । धरौटी जम्मा गरेपछि उनी रिहा हुने छन् ।
सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए । त्यसैगरी पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २-२ लाख धरौटी माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी
सहकारी ठगीः दीपेश पुनले दिए संसदीय छानबिन समितिमा बयान
दीपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै