सहकारी ठगीः दीपेश पुनले दिए संसदीय छानबिन समितिमा बयान

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, १४ : १४
सहकारी ठगीः दीपेश पुनले दिए संसदीय छानबिन समितिमा बयान

काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता दीपेश पुनले सहकारी ठगी छानबिन समितिमा बयान दिएका छन् । संसदीय छानबिन समितिले शुक्रवार पुनसँग बयान लिएको हो ।

एमाले सांसद सूर्य थापा संयोजकत्वको समितिले सहकारी ठगीमा जेल परेका सहकारीका सञ्चालकसँग छलफल गर्दै आएको छ ।त्यसक्रममा माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका पुनसँग बयान लिएको हो । पुन बुटवलको सुप्रिम सहकारीका सञ्चालक थिए ।

सहकारी ठगी सम्बन्धमा छानबिनका लागि पुनलाई गत २०८० चैत्र २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पुन सञ्चालक रहेको सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस