सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए ।
दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो ।
बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
जगातीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
भोजपुरमा बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते
स्काभेटर दुर्घटनामा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते
मोटरसाइकल दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते