जगातीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १५ : २२
जगातीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं। भक्तपुरमा कारको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको  छ ।मंगलवार सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० च ०९९५ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रामेछापको लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौंको माइतीघर बस्ने स्कुटर चालक २३ वर्षीय सुजन तामाङ घाइते भएका थिए ।

 

उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

 

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमी अस्पतालमा उपचार भइरहेको छ ।

कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।