मोटरसाइकल दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ११ : ४९
मोटरसाइकल दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

काठमाडौँ। पत्रकार नवीनकाजी राई मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।शुक्रवार राति काठमाडौंको दरबारमा मोटरसाइकल दुर्घटनामा परी राई गम्भीर घाइते भएका हुन् ।मोटरसाइकलको पछाडि सवार राईको टाउकोमा चोट छ ।राई नेपाल प्रेस डटकममा कार्यरत पत्रकार हुन् ।

 

राईको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएको छ ।दुर्घटना लगतै उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस