भोजपुरमा बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, ०८ : ०३
भोजपुरमा बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते

भोजपुर । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो। 

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए

उनले  घटनास्थलमै एकजनाको र अर्काको उपचारका क्रममा धरानमा  अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए।  घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए।