संघीय संसद्को वेभसाइट ह्याक

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, ०८ : ५१
संघीय संसद्को वेभसाइट ह्याक

काठमाडौ । संघीय संसद्को वेभसाइट बिहीबार बिहान ह्याक भएको छ । यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् । 

ह्याकरको कब्जामा हुँदा वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखिएको थियो । जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थापा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए । 

विगतमा पनि सरकारी कार्यालयका वेबसाइट पटक पटक ह्याक हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस