भीमफेदीमा सुमो दुर्घटना, दुई जनाको अवस्था गम्भीर

बुधबार, १२ पुस २०७४, १३ : ३९
भीमफेदीमा सुमो दुर्घटना,  दुई जनाको अवस्था गम्भीर

हेटौँडा । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छजना सामान्य छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए ।

काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताए । सुमोमा आठजना यात्रु रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए ।(रासस)

प्रतिक्रिया दिनुहोस