कश्मिरमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १२ : १९
कश्मिरमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

काठमाडौं। श्रीनगर - भारतको कश्मिरमा मंगलबार एउटा नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । डुंगा पल्टिँदा पानीमा डुबेर घाइते भएका सात जनामध्ये अस्पतालमा उपचारको क्रममा चार जनाको ज्यान गएको हो । तीन जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

डुंगामा १७ जना सवार रहेको बताइएको छ । श्रीनगर शहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेको समाचारमा उल्लेख छ ।

हिमालयको कश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस