काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।
पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने बताए । विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरूले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरू सावधानी अपनाउनुपर्ने बताए । अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जबाफदेही नहुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद