सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, ११ : ५७
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस