लागुऔषध कारोबारीविरुद्ध ४० लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १५ : २०
लागुऔषध कारोबारीविरुद्ध ४० लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लागुऔषध (खैरो हेरोइन)को कारोबारमा संलग्न रहेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ ।विभागले आइतवार ४० लाख ७ हजार २०८ रुपैयाँ बिगो कायम गर्दै मनीष भन्ने दुर्गासी तामाङसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको हो ।

विभागले उनको खाताबाट २७ लाख १७ हजार ५८ रुपैयाँ जफतसमेत गरेको छ ।तामाङले लागूऔषधको ओसारपसार र बिक्री वितरण गरी अवैध सम्पत्ति आर्जन गरेर बैंकमा जम्मा गराएको विभागको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस