राजनीतिक स्थिरता देशको लागि आवश्यक छ : डा. लोहनी

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १३ : ४०
राजनीतिक स्थिरता देशको लागि आवश्यक छ : डा. लोहनी

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।  

आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताए । उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको बताए ।

पूर्वअर्थमन्त्री लोहनीले नेपाल राजनीतिक रूपमा अस्थिर, आर्थिक रूपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए । उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस