काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन् ।शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
सम्बोधनमा प्रधानमन्त्रीले भने, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।”
सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताए ।प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।”
सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ बैशाख २०८१, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले