काठमाडौं। ओटावा–क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा शुक्रवार दिउँसो भएको विवादका क्रममा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ ।टोरन्टो प्रहरीका अनुसार कलेज स्ट्रिट र ल्यान्सडाउन एभिन्यूको क्षेत्रमा रहेको एक व्यवसायिक भवनको पार्किङ स्थलमा स्थानीय समयअनुसार दिउँसो १ः३३ बजे उक्त घटना भएको हो ।
सीटीभी न्युजले प्राप्त गरेको भिडियोमा अधिकारीहरू पार्किङ गरिएका दुई कारको बीचमा भुइँमा आक्रमणकारी भनिएका एक व्यक्तिलाई नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको देखिन्छ ।दुई सुरक्षा अधिकारीले आक्रमणकारीतर्फ आफ्नो हतियार ताकेको र त्यसको केही समयमा नै त्यो व्यक्ति भुइँमा ढेलेको देख्न सकिन्छ ।
झडपमा घाइते प्रहरी र संदिग्ध दुवैको अवस्था स्थिर रहेको र अस्पतालमा उपचार भइरहेको छ ।टोरन्टोका नगर प्रमुख ओलिभिया चाउका अनुसार यो हप्ता टोरन्टोका तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । चाउले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिंसा कदापि स्वीकार्य हुँदैन ।”
प्रहरीमाथिको आक्रमणपछि उक्त क्षेत्रका सडकहरू अवरुद्ध भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ बैशाख २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै