प्रकाण्डको डायरीमा फेला पर्‍यो विप्लव समूहलाई चन्दा दिनेहरुको सुचि (सुचिसहित)

पत्रपत्रिकाबाट

बुधबार, ०३ असोज २०७५, १९ : १०
प्रकाण्डको डायरीमा फेला पर्‍यो विप्लव समूहलाई चन्दा दिनेहरुको सुचि (सुचिसहित)

काठमाडौं । विप्लव समूह नेकपालाई क–कसले चन्दा बुझाए भन्ने रहस्य खुलेको छ । उक्त रहस्योघाटनसँगै विप्लवले करोडौँं चन्दा उठाएको थाहा भएको छ ।

विप्लव समूहका नेता तथा प्रवक्तासमेत रहेका खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेलगत्तै फेला परेको डायरीमा चन्दा बुझाउनेहरुको सुचि रहेको छ ।

जनआस्था साप्ताहिकले उल्लेख गरेअनुसार सरकारी वकिलको हातमा रहेको उक्त डायरीमा विप्लवलाई चन्दा बुझाउनेहरुको निकै लामो सुचि छ । जसमा अमर रायमाझीले ५ लाख, राजेश खड्काको जेम्स स्कुलले २० लाख दिएका छन् भने काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता राणाको ग्यालेक्सी स्कुललले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख र निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख  चन्दा दिएको खुलेको छ ।

त्यस्तै, सेभेन समिट टुर एण्ड ट्राभल्सले ५ लाख, औषधी माफिया विशाल पण्डितले ५ लाख, सरेन्द्र सिंहले १ करोड, ग्लोबल (बैंक वा समूह नाम नखुलेको) २० लाख, नोवेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोृर सिलवालले १ करोड, युनाइटेड इन्स्योन्सका रविभक्त श्रेष्ठले १५ लाख, सरेन्द्र अधिकारीले २५ लाख दिएका छन् भने त्यस्तै, हेटौडामा सञ्चालित शिवम सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, सोनापुर सिमेन्टले ३ लाख, अनिल अग्रवालले ५ लाख, घोरहही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख रुपैयाँ चन्दा दिएको पाइएको छ ।      

प्रतिक्रिया दिनुहोस