काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते आइतबार दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जनाको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन् ।एमालेको विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनका बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, पार्टीको समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक मंगलबार
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय
एमालेको सचिवालय बैठक शुरु