विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् । आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।
नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको उनले बताए । 'पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो,' उनले भने, 'नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो।'
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले रविविरुद्ध कुनै प्रमाण नभएको बताइरहेको उनले दोहोर्याए । यसअघि संसद्मा पनि उनले रवि निर्दोष रहेको दाबी गरेका थिए ।
समग्र सहकारीको र रविको विषयमा अलग गरेर छलफल गरे समस्या समाधान हुन सक्ने उनको भनाइ छ । 'मैले सदनमा राजनीतिक कारणको जवाफ दिएको होइन । अनुसन्धान कर्ताको सुझावअनुसार नै संसद्मा बोलेको हो,' उनले भने ।
मैले कसैलाई बचाउनु पर्ने कारण छैन । छानबिन गर्दा प्रमाण पुग्यो भने सरकार अनुसन्धानका लागि पछि पर्दैन । तर प्रतिपक्षीले सहकारीभन्दा राजनीतिक मुद्दा बनाएको छ।'संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । 'सभामुखले पनि छलफल गर्नुभएको छ ।
मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,' उनले भने ।कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड