काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको निर्देशनमा मंगलवार आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् । गृहमन्त्रीले आफूलाई संविधानभन्दा माथि राख्न खोजेको उनले आरोप लगाए ।
बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद शाहीले गृहमन्त्रीको आदेशमा आफूमाथि कुटपिट गरिएको आरोप लगाएका हुन् ।
‘हिजो मलाई गृहमन्त्रालयको आदेशमा डीएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो’, शाहीले भने । राप्रपाले गरेको प्रदर्शनका क्रममा हिजो शाहीमाथि प्रहरीले लछार-पछार गरेको थियो ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडिसमेत शान्तिपूर्ण प्रदर्शन गर्न पाइने शाहीले बताए ।
‘गृहमन्त्री अमेरिका बसेर आउनुभएको हो, अमेरिकी नागरिक पनि हुनुहुन्थ्यो, अहिले नेपाली नागरिक हुनुभयो । ह्वाइट हाउसको अगाडि पनि प्रदर्शन गर्न पाइन्छ भन्ने तपाईंलाई थाहा छैन ?’, उनले सोधे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं: ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीले भौतिक मन्त्रीलाई फिर्ता बुझाए बजेट पुस्तिका
कर्णालीमा क्षेत्रीय दल खोल्ने ज्ञानेन्द्र शाहीको चेतावनी
आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’: ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीको प्रश्न : भ्रष्ट न्यायाधीशलाई मुगुमा सरुवा गरेर कर्णालीलाई डम्पिङ साइट बनाउने ?