मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बुधबार, ०३ असोज २०७५, ११ : २२
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बागलुङ  ।  बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ । कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । कँडेलले रुद्रेपिपल माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्थ्यो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस