काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनाले नेपाल–चीनबिचको सम्बन्ध झन् बलियो बनाउने बताएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र ओलम्कि कमिटीको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको लुम्बिनी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले योग तथा साधनजाले दुई देशबिचको सांस्कृतिक सम्बन्ध झन् बलियो बनाउने बताएका हुन् ।
हालै आफूले चीनको भ्रमण गरेको र त्यहाँ विभिन्न उच्च तहमा कुराकानी भएको बताउँदै त्यसले दुई देशको राजनीतिक र कूटनीतिक सम्बन्ध बलियो बन्ने उनले विश्वास लिए ।उनले बुद्धको विचारले दुवै देशको सम्बन्धलाई बाँधेको उल्लेख पनि गरे । यस्तै योग र ध्यान कुनै देश वा समुदायले मात्र नगर्ने पनि बताए ।
योगाले मान्छेलाई अनुशासित बनाउने पनि उनले बताए । ध्यान गर्नेले पनि भ्रष्टाचार तथा अनियमितता गर्ने गरेको देखिने भन्दै उनले वास्तवमा त्यस्तो व्यक्ति ध्यानी हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा