काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा छलफल गरेका छन् । सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरूसँग मन्त्री पुनले छलफल गरेका हुन् ।
बिहीबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तरक्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि सबैको अपनत्व हुने गरी आगामी वर्षको बजेट निर्माण हुने बताए । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाहेकका मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउनुपर्नेमा जोड दिए ।
पुँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनु मात्र नभई बजेट विनियोजन कुशलताको अभावलाई पनि उनले कारणका रूपमा औँल्याए । समयमै बजेट कार्यान्वयन नहुने प्रवृत्तिले अर्थतन्त्र चलायमान हुन नसकेको तथा रोजगारी सृजना र पुँजी निर्माणमा समेत नकारात्मक प्रभाव परेको उनको निष्कर्ष थियो । बजारमा पैसा गए मात्र अर्थतन्त्र चलायमान गर्न सकिनेमा कसैको विमति नरहे पनि समयमै खर्च नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको तर पुँजीगत खर्चको सीमितता र राजश्व सङ्कलनमा देखिएको सङ्कुचनका कारण आन्तरिक अर्थतन्त्रमा शिथिलता रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने