काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ ।
त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।
नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो