रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा बौधीमाई नगरपालिका–४ निवासी २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरिन् । बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानको थप उपचारकाका लाथिग एलएस न्यूरो अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो।दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा परोहा नगरपालिका २ जिंगडवा बस्ने २२ वर्षका शेख तवसिम आलम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षका शेख अलियास रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये एक जनाको रौतहट र अर्काको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु