काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । करिब ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए ।
सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्रीसहित एमाले सरकारमा सहभागी भएको थियो । समीकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि