चितवन । व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतले सफाई दिएको छ । विहिबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दाबि नपुगेको भन्दै सफाई दिएको हो ।
चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्धा लागेको थियो । व्यवसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो । सोहि आधारमा प्रहरीले व्य्वासायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
काटिएको बिजुली जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग व्यवसायीको आग्रह
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा
कर वृद्धि विरोधमा आन्दोलनमा उत्रिए हेटौंडाका व्यवसायी