एक वर्षमा ५ हजार ८ सय ७६ विरोधका घटना

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १६ : ३०
एक वर्षमा ५ हजार ८ सय ७६ विरोधका घटना

काठमाडौँ । पछिल्लो एक वर्षभित्र देशभर ५ हजार ८ सय ७६ वटा बन्द हडताल तथा विरोधका घटनाहरू भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वटा विरोधका घटनाहरू भएको बताएका हुन् । 

उक्त घटनामा १ लाख ४८ हजार ३ सय ७७ जना प्रहरी परिचालन गरिएको थियो भने १ हजार १ सय ६६ सेल ग्याँस गन, ३ सय २४ राउण्ड हवाई फायर र ९७ राउण्ड रबर बुलेटको प्रयोग भएको पनि उनले जानकारी दिएका छन् ।  

यसका साथै घटनामा प्रहरीतर्फ ४ सय ४४ जना घाइते भएका छन् भने प्रदर्शनकारी १ हजार २ सय ९० पक्राउ, एकसय ९० घाइते र तीन जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस