प्रहरीका ९ जना डीएसपीको काज सरुवा, हेर्नुहोस् को कहाँ ?

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, ११ : ०४
प्रहरीका ९ जना डीएसपीको काज सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।​​

जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ । यस्तै, कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ ।

यस्तैगरी, भोजपुरमा कार्यरत सुदिप राज पाठकलाई विशेष ब्युरोमा ल्याइएको छ । बैदाममा कार्यरत राजेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस