काठमाडौँ । इलाम-२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरूलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम-२ को उम्मेदवारमा सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।
इलाम-२ को उम्मेदवारका लागि काँग्रेसमा दुई महिला र ५ पुरुष गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।
नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौँमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यपालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक