काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् ।
आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए ।
उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’
उनले पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पूरा गर्ने हिसाबले अगाडि बढ्ने भन्दै पर्यटन क्षेत्रको विकास मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउने अपेक्षा राखेको पनि बताए ।
उनले भने, ‘पर्यटन बोर्डको काम सम्पन्न गर्ने, पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पनि पूरा गर्ने हिसाबले हामी छिटै नै लाग्ने छौँ । मन्त्रीको हैसियतले म यो कुरा भन्न चाहन्छु । पर्यटन क्षेत्रको विकास गर्ने, मुलुकमा दक्ष जनशक्तिको विकास र रोजगारीको कुरा मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउने अपेक्षा राखेको छु ।’
विश्वविद्यालयहरूले अपेक्षित जनशक्ति उत्पादन गर्न नसकेको अवस्थामा यो प्रतिष्ठानले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पर्धीको रूपमा थोरै भए पनि जनशक्ति उत्पादन गर्न सफल भएको पनि उनको भनाई छ ।
उनले भने, ‘अहिले हाम्रो विद्यालय, विश्वविद्यालयहरू जति छन्, त्यसबाट हामीले अपेक्षित जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौँ । उत्पादित्त जनशक्तिहरूले रोजगार प्राप्त गर्न सकिरहेका छैनन्, नेपालमा हामीले जसरी लगानी आकर्षण गर्न, उद्योग, व्यवसायलाई प्रोत्साहन गर्न सक्नु पर्ने थियो । त्यो काम गर्न नसक्नाका कारणले गर्दा हामीले रोजगार पनि सिर्जना गर्न सकिरहेका छैनौँ । यस्तो अवस्थामा यो संस्थाबाट उत्पादन भएका विद्यार्थीहरूले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पर्धी जनशक्तिको रूपमा थोरै भए पनि उत्पादन गर्न सफल भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटन मन्त्री पाण्डे
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेस गरिने
पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटन मन्त्रीको जोड