केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर

एजेन्सी

मंगलबार, १३ चैत्र २०८०, १९ : ०८
केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्धा दायर गरिएको छ । 

प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो । 

मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उनले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्रीसँग पुगेको विषय समेत अनुसन्धान गर्न माग गरिएको छ । 

निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जन कुमार सिंह र महेश कुमारमार्फत केजरीवालले जेलबाट मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्न नपाइने उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

 

प्रतिक्रिया दिनुहोस