स्वदेशी यी पाँच वस्तुको निर्यात उच्च

पत्रपत्रिकाबाट

मंगलबार, १३ चैत्र २०८०, ०७ : ३४
स्वदेशी यी पाँच वस्तुको निर्यात उच्च

काठमाडौ । मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । 

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइउड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा रहेका छन् । 

मुलुकबाट आयात निर्यात दुवै घटिरहेका बेला ती वस्तुको निर्यातमा भने उलेख्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो ।

केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपियाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ । मुलुकबाट अन्य वस्तुको निर्यात घटिरहेको बेला पाँच वस्तुको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ । गोरखापत्रमा खबर छ ।