काठमाडौँ । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम २ खाली थियो । सुहाङ सुवासचन्द्रका कान्छा छोरा हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि