काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो निमन्त्रणा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदलाई नै आएको थियो तर उनी जान नपाएपछि अहिले मन्त्री श्रेष्ठ त्यसमा जान लागेका हुन् । परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठको यो भ्रमण ‘गुडविल भ्रमण’ हो, भ्रमणको कुनै खास एजेण्डा छैन ।
चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नुको साथै चैत १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
चैत १३ गते त्यही बोआओ सम्मेलन पनि हुँदैछ । नेपाल त्यसको संस्थापक सदस्य हो । तर त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठ सहभागी हुनेछैनन् । परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाने चर्चा चलेपछि उनी बोआओ सम्मेलनमा नै सहभागी हुने कुरा आएको थियो तर उनी सो कार्यक्रममा सहभागी नहुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘मन्त्री श्रेष्ठ बोआओ सम्मेलनमा सहभागी हुन लागि त्यहाँ जान लाग्नुभएको होइन । त्यो छुट्टै कार्यक्रम हो ।’ त्यसको बारेमा पछि जानकारी गराइने उनले बताए ।
चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति होः उपप्रधानमन्त्री श्रेष्ठ
शान्ति प्रक्रियाका काम चाँडै टुङ्गोमा पुराउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
अन्तर्राष्ट्रिय समितिमा सभापतिसहित सांसदहरू नआएपछि बाहिरिए मन्त्री
रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ