कालीकोट । कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।
स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका क्रममा ज्यान गएको हो । छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
वन डढेलो: धेरै घटना तराईमा, बढी क्षति पहाडमा
दक्षिणकालीको वनमा फैलिएको डढेलो अझै निभाउन सकिएन