काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा आफूलाई समय मिलाउन अप्ठ्यारो भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रि–बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका अर्थमन्त्री पुनले यस्तो गुनासो गरेका हुन् ।
दुवै सभाको बैठकमा प्रि–बजेट छलफल भइरहेको छ । यसले गर्दा एउटा हाउसमा भएको छलफल सुन्दा अर्को हाउसको छुटाउनुपरेको उनले बताए ।‘राष्ट्रिय सभामा भएको बहस सुन्न, सहभागी हुन र टिपोट गर्न केही व्यावहारिक कठिनाइ भयो । म प्रतिनिधि सभामा थिएँ । राष्ट्रिय सभा आउन निस्केको थिएँ खोजी भएपछि बाटोबाटै उतै फर्किएँ’ अर्थमन्त्री पुनले भने ।
आगामी दिनमा यसरी एकै समयमा दुई वटा सभाको बैठक नबस्ने गरी मिलाउन पनि उनले संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् । प्रि–बजेट छलफलमा अर्थमन्त्री सहभागी नभएको भन्दै प्रतिनिधि सभामा राप्रपा सांसद बिना लामाले प्रश्न उठाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्याको हल हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
राष्ट्र बैंकका मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न मिल्दैन: अर्थमन्त्री
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह