एम्स्टर्डम । वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोषबाट सफलतापूर्वक अलग गरेको बताएका छन्। वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई सङ्क्रमित कोषबाट अलग गर्न प्रयोग गरेका हुन्।
यो प्रविधिको प्रयोग गरेर उनीहरूले ‘मोलिकुलर’ तहमा कैँची जस्तै डीएनए काटेर सङ्क्रमित भागहरू छुट्याएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी सङ्क्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरेको बताएको छ ।
यसै साता भएको मेडिकल कन्फरेन्समा यससँग सम्बन्धित अनुसन्धानका बारेमा थप जानकारी दिँदै टोलीले भने, ‘हालको अनुसन्धानले यसरी कोशिकाको डीएनएको सङ्क्रमित भागलाई हटाउन सकिन्छ भन्ने अवधारणालाई प्रमाणित गर्छ तर यो विधि चाँडै एचआईभी निको हुन्छ भन्ने होइन।
हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ । तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी