काठमाडौँ। नेपाल समाजवादी पाटीले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन परिवर्तनले जनवितृष्णा बढेको ठहर गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले बारम्बारको गठबन्धन परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको ठहर गर्दै भन्दै त्यसको भत्र्सनासमेत गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका साथै राष्ट्रमा सुशासन कायम गर्न अधिकार सम्पन्न शक्तिशाली जनलोकपालको गठनको औचित्य पुष्टि भएको नेसपाको ठहर छ ।
बैठकले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा संक्रमणकालिन न्यायलाई निष्कर्षमा पुर्याउन, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशिघ्र सम्पन्न गर्न पनि माग गरेको नेसपाले जारी गरेको विञपित्मा उल्लेख छ । । द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाड्न भैरहेका प्रतिगामी हर्कतहरूको बैठकले भत्सर्ना गरेको छ ।
विगतमा संसदीय समितिबाट कारवाहीका लागि सिफारिस भएका भ्रष्टाचारसम्बन्धी ठूला काण्डहरू तथा भ्रष्टाचारसम्बन्धी गठित छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १३ : २८
लेखकबाट थप