राजनीति

चितवनमा गएर प्रधानमन्त्री देउवाले चुनावको नतिजाको बारे मुख खोले (भिडियो सहित)

मंगलबार, ११ पुस २०७४, ०४ : ०६

‘समाज, संरक्षण र समृद्धि ’भन्ने नाराका साथ १४ औ हात्ती महोत्सव मंगलबार देखि सुरु भएको छ । क्षेत्रीय होटल सघं चितवनको आयोजनामा हरेक साल अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुदै आईरहेको छ । १५ गतेसम्म संचालन हुने महोत्सवको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभयो । प्रधानमन्त्री देउवाले कांगे्रस सत्ता हस्तान्तरण गर्न आतुर रहेको उल्लेख गरे । उनले भने जति सक्दो छिटो सत्ता हस्तान्तरण गर्न कांग्रेस दुढ रहेको स्पष्ट पारे । कांगे्रसले चुनावमा जस्तो सुकै नतिजा ल्याए पनि देशको पक्षमा काम गरेको दावी गरे । चुनाव सम्मपन्न गराउनु नै सबै भन्दा ठुलो उपलब्धी रहेको उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले कांग्रेस सरकारले विकासको पुर्वाधार खडा गरि सकेकाले अब मुलुकको विकासले गति लिने बताए । सरकारले यस अवधीमा आधारभुत विकास निमार्णको जग बसालि सकेको दावी समेत गर्नु भयो । नारायणगढ मुग्लिन सडकको कार्य अत्यन्तै ढिलो भएको प्रति दुख व्यक्त गरे । नेपालको परिपाटी यही छ समयमा कुनै पनि काम हुदैन् ,सुस्त गतिमा काम हुने प्रवृतिलाई सुधार गर्नु पर्नेमा जोड दिए ।
समुद्घाटन समारोहमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई प्रधानमन्त्री देउवाले सम्मान पत्रले सम्मान गर्नुभयो । समुद्घाटन समारोह अघि विभिन्न जातजातिको सँस्कृति झल्कने गरि झाकीसहितर्को याली निकालिएको थियो ।
महोत्सवमा विगतका वर्षहरुमा भन्दा महोत्सवका कार्यक्रमहरु परिमार्जित गरिएका छन । यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् । त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम रहेको छ ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसंगै, हात्ती फाष्टवाक प्रतियोगिता २० वटा, हात्तीको छावाहरुको फुटबल प्रतियोगितामा १० वटा, हात्ती श्रृंगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा, हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस