काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ।
सोमबार बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई कारबाही र पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले पनि मंगलबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको हो ।
महासचिव रमेश प्रसाद यादवका अनुसार थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि बैठक बस्नेछ । उक्त बैठकले बाबुराम भट्टराई पक्षधरलाई कारबाही गर्ने र एकतालाई अनुमोदन गर्ने बताइएको छ ।
यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकताका लागि ४ बुँदे सहमति गरेको थियो । तर, सो सहमति बाबुराम भट्टराईले मानेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै