स्पेन । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना चयन भएका छन् । चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा केशवराज कँडेल, राजेन्द्र सेढाई, महासचिवमा सूर्यप्रसाद सापकोटा धिरज चयन भएका छन् । यस्तै सचिवमा रामु गैरे, गोविन्द अधिकारी, कोषाध्यक्षमा ज्ञानबहादुर बस्नेत चयन भएका छन् । सदस्यहरुमा उदयराज पाठक, बालकुमार बुढा, विश्वास भट्टराई, विप्लव काफ्ले, कृष्ण पौडेल, नवीन दुलाल, खेमबहादुर भण्डारी, राममणी सिलवाल चयन भएका छन् ।
कार्यसमितिको पहिलो बैठकले महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता, महिला सदस्यहरु मनोनित गर्नेछ । नयाँ कार्यसमितिलाई भरतपुर महानगरका मेयर रेनु दाहाल, स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच बार्सिलोनामा जारी नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनले आज (सोमबार) नयाँ कार्यसमिति चयन गर्दैछ ।
आइतबार सुरु भएको महाधिवेशनको राति अबेर बन्द शत्र सोमबार गर्ने गरि रोकिएको थियो । बन्दशत्रमा राष्ट्रिय कमिटिका अध्यक्षहरुको संगठनको अवस्था, भावी कार्योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दैछन् । विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समेत छलफल गर्ने कार्यतालिका रहेको छ ।
महाधिवेशनको उद्घाटन गर्दै मेयर रेनु दाहालले अंकगणितीय नतिजा जेजस्तो रहेपनि देश माओवादीकै नीतिमा अगाडि बढिरहेको बताइन् । "गणतन्त्र, संघियता, समावेशीता लगायतका उपलब्धि जनयुद्धबाटै आएका हुन्", उनले भनिन्, "माओवादी, जनयुद्ध भन्न डराउनुपर्दैन ", उनले भनिन्, "माओवादीकै नेतृत्वमा सरकार छ, जनताले शुशासनको अनुभूति गर्न थालेका छन्, थुप्रै हकअधिकार जनताले पाएका छन् ।" उनले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् । "यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ", उनले भनिन्, "युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गरौँ ।
राजदूत ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भैरहेको बताइन् । " वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ", उनले भनिन्, "मेयर दाहालको नेतृत्वले उज्यालो नेपाल बन्ने महसुस भएको छ, उहाँको जस्तै मिहेनत हरेक पालिकाहरुमा होस्, विकासका एजेन्डामा सबै मिलुन् ।"
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै
भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
भरतपुरमा प्राथमिक उपचार सम्बन्धी तालिम सुरु
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र