काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए । उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए ।
उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । पाण्डेले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।
‘कांग्रेस र एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नुहुँदैन । दुई वटा पार्टी मिल्ने भनेको व्यवस्था बलियो बनाउन मिल्ने हो’ उनले भने, ‘देशमा सङ्कट आइरहेको छ ।
व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मूल शक्तिहरू भएकोले हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।
’उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १४ : १९
लेखकबाट थप